धनगढी ६ बैशाख/आजदेखि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ। सरकारले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।
