धनगढी/नेपाली कांग्रेसका नेता एवं सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश राजधानीका विषयमा प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सांसद बलायरले प्रदेश राजधानी घोषणा भएको वर्षौं वित्दासमेत संरचना निर्माण नभएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘सुदूरपश्चिमको राजधानी कसले बनाउने हो रु प्रदेश सभाले दुई तिहाइले गोदावरी नगरपालिकामा बनाउने निर्णय ग¥यो । तत्कालीन नेकपा एमाले र माओवादीको समर्थनमा गोदावरीमा प्रदेश राजधानी बन्ने भयो । तर त्यतिबेला मेरो पार्टी विपक्षमा थियो । ०७५ सालमा घोषणा भएपनि अहिलेसम्म राजधानी नबन्नुको कारण के हो ?
सांसद बलायरले प्रदेश राजधानी निर्माणका विषयमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरे । ‘यसैले राजधानी कसले बनाउने हो रु राजधानी बनाउने ठाउँमो भोगाधिकार केन्द्रले दिएन । राजधानी बनाउने भन्नेबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्छ,’ उनले भने । सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी क्षेत्र सांसद बलायरको निर्वाचन क्षेत्रमा पर्दछ ।
साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो सुदूरपश्चिम भ्रमणका विषयमा पनि बलायरले आपत्ति जनाएका छन् । उनले गठबन्धनको संस्कार विपरीत प्रधानमन्त्रीले नेकपा एमालेका नेता लेखराज भट्टलाई भेटेकोमा आपत्ति जनाएको बताइएको छ । भट्ट कांग्रेस नेता बलायरसँग कैलाली ४ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए । पूर्व माओवादी नेता रहेका भट्ट नेकपा एमाले प्रवेश गरेका हुन् ।