धनगढी, २६ चैत/नेपाल विधार्थी संघ धनगढी उपमहानगर स्तरिय समिति बिस्तार गरेको छ । नेविसंघ कैलालीका अध्यक्ष मनिष कुँवरले समिति बिस्तार गर्नेका हुन् ।
धनगढी उपमहानगर पालिकाको संयोजक दिपेश बोहरालाई जिम्मेवारी दिईएको छ भने सहसंयोजक रविन्द्र खड्का र पुरन थापा दिइएको अध्यक्ष कुवरले जानकारी दिए । नेपाल विधार्थी संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउन समिति बिस्तार गरिरहेको अध्यक्ष कुँवरले बताए ।
