धनगढी, २६ चैत/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानमार्फत धनगढी आएका छन् । प्रधामन्त्री प्रचण्डलाई काठमाण्डौ बिमानिस्थलमा रेड कार्पेटले स्वागत गरेको छ । सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम आएका हुन् ।
हेलिकप्टर चार्टर गर्दा धेरै खर्च हुने भएकाले नियमित उडानमार्फत प्रचण्ड धनगढी प्रस्थान गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए । उनी आजै काठमाडौँ फर्किने कार्यतालिका रहेको छ ।