धनगढी, २४ चैत/कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका पवन आउजीलाई बाघले आक्रमण गरेको टिकापुर प्रहरीले जनाएको छ ।
स्थानिएका अनुसार २७ वर्षीय आउजीलाई शुक्रवार बिहान साढे १० बजेतिर बाघले आक्रमण गरेको हो । उनलाई गहुँ बारीमा उनलाई बाघले आक्रमण गरेको हो । घाईते आउजीको हात र कानमा चोट लागेको छ ।स्थानीयले हो–हल्ला गरेपछि बाघ भागेकास्थानियले बताएका छन् ।
टीकापुर प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा बाघ देखिएकाबताएको छ । घाइते आउजीलाई उपचारका लागि बर्दिया राजापुर पठाएको छ । सो क्षेत्रमा बाघले युवकलाई आक्रमण गरेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
