धनगढी ८ चैत/५८ औ अन्तराष्ट्रिय जातिय बिभेद उन्मुलन दिवस कैलाली गाँउपालिकाको हसुलियामा सम्पन्न भएको छ । मंगलबार कैलारी गाउँपालिकाको दलित समन्वय समितिले आयोजना कार्यक्रममा जातिय छुवाछुत तथा भेदभावका बिरुद्ध प्रतिरोध गरौ, संबैधानिक र कानुनी प्रावधानहरुको कार्यान्वयन गरौ भन्ने मुल नाराका साथ अधिकारकर्मीहरुको भेलामा कार्यक्रम भएको थियो ।
नेपाली काँग्रेसका केन्द्रीय नृपबहादुर वडको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लालबहादुर बिकाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा एनजिओ फेडेरेसन केन्द्रीय सदस्य, साबित्रि घिमिरे बिशिष्ठ अतिथी, कैलारि गाउँपालिका वडा नम्बर ७का अध्यक्ष तथा प्रवक्ता दिपेन्द्र बम, इलाका प्रहरी कार्यालय हुलिया प्रमुख जयसिं भण्डारी, नेपाल तरुण दलका नेता अमृत बिसि, कैलारी गाउँपालिका प्रशासकिय अधिकृत बिरबहादुर ऐर, सेतो गुराँस बालसेवाका प्रमुख सुरज परियार, कैलाली गाँउपालिकाका सामाजिक विकास शाखा अधिकृत यगम कलेल , पशु सेवा बिज्ञ केन्द्र धनगढीका दिपेन्द्र परियार अतिथी रहेका थिए ।
कार्यक्रमको संचालन जनक भुलले गरेका थिए । कार्यक्रममा बिभिन्न छात्र छात्राहरुलाई स्टेसनरी प्याड बितरण समेत गरिएको थियो ।