खडेउली (डोटी) १२ मंसिर- डोटीको बडिकेदार गाउँपालिले आफ्नै भवन निर्माण कार्य थालनी गरेको छ । हाल गाउँपालिकाको अस्थाई भवन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको भवनमा कार्यालयबाट आफ्नो सेवा दिदै आएको छ ।
उक्त भवनका लागि गाउँपालिकाले ७० लाखको लागतमा प्रिफ्याब मोडलमा भवन निर्माण गर्न लागिएको बडिकेदार गाउँपालिका प्रशासकिय अधिकृत दिपकराज पाण्डेयले जानकारी दिए । उक्त भवनमा एक सभा हल र सबै शाखा अटाउने आफ्नै २२ कोठा हुने अधिकृत पाण्डेयले जानकारी दिए । एक बर्ष काम सम्पन्न गर्ने गरी एसएस कन्सट्रक्सन दिपायल डोटीले काम गर्ने जिम्मा लिएको छ ।
हाल गाउँपालिकाको भवनको जग खनेर भवनको निर्माणको काम सुरु भएको छ । ५ वडा रहेको गाउपालिकाको २ वडाको आफ्नै भवन मार्फत सेवा दिई रहेको छ भने वडा नम्बर ५, ४ र १ नम्बर वडाको भवन निर्माण कार्यपनि सुरु गरेको बडिकेदार गाउपालिका अध्यक्ष कृष्ण चन्दले जानकारी दिए ।
निर्माण कम्पनी संगको सम्झौता अनुसार पुस अन्तीम साता गाउँपालिकालाई हस्तान्तरण गर्ने अध्यक्ष चन्दले बताए । गाउँपालिकाले तय गरेका बिभिन्न योजनाहरुलाई सम्झौता अनुसार समयमै सम्पन्न गरी गाउपालिको बिकास गर्ने लक्षय रहेको अध्यक्ष चन्दले जानकारी दिए ।
बडिकेदार गाउँपालिकाको खडेउलीमा रहेको आफ्नै भवन निर्माण स्थाल

