बाजुरा/त्रिभुवन विश्वविद्यालय अन्तरगत ९स्ववियु० निर्वाचन बाजुराको बुढिनन्दा क्याम्पसमा दुई बिध्यार्थि संगठन बिच झडप हुदा प्रहरीले २४ राउण्ड हवाई फाएर गरेको छ ।
झडपले ठुलो रूप लिन खोज्दा नेपाल प्रहरीले अश्रु ग्यास र हवाई फाएर गरेर भिड नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्रसिहं बोहोराले बताएका छन । हवाई फाईर पछि पुन संचालन भएको मतदान २ घण्टादेखि स्थगित गरिएको छ । नेविसंघ लगायतको गठबन्धनका बिध्यार्थीहरूले खुकुरी देखाउदै निर्वचान भाड्न खोज्दा भिडले उग्ररूप लिएपछि प्रहरीले हवाई फाएर गरेको प्रहरी प्रमुख बोहराले बताए ।
अहिले सम्म ४ सय १२ मतदाता रहेको बुढिन्नदा क्याम्पसमा २ सय ५३ मत खसेको जनाएको छ । पुन मतदानका लागि सयुक्त गठबन्धन र अनेरास्ववियु बिच बैठक बसिरहेको क्याम्पसले जनाएको छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को बाजुराको बुढिन्नदा क्याम्पसमा पनि मतदान सुरु भएको केही घण्टामा झडप भएको जनाईएको छ ।
मतदान सुरू भए देखि पटक पटक स्थगित हुँदै सुरू गर्दै आएको र १२ बजेपछि भिड नियन्त्रण गर्न समस्या भएपछि प्रहरीले अश्रुग्यास र हवाई फाएर गरिएको प्रहरीले जनाएको छ । बुढिन्नदा क्याम्पसका ४ सय १२ जना मतदाता रहेका छन । दुई घण्टा देखि मतदान रोकिएको छ ।