अर्घाखाँची ११ मंसिर : अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सदरमुकाम सन्धीखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार अपराह्न नरपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जनाइएको छ । बस अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा दुर्घटना भएको हो ।
५ नं. प्रदेश प्रहरी कार्यालयले अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको विवरण आएको जनाएको छ । प्रहरी चौकी नरेपानीका प्रहरी सहायक निरीक्षक सुर्य पन्थीले १४र १५ जनाको उद्धार गरि अस्पताल पठाएको जनाए । ‘सडकबाट २ सय मिटर जति तल गाडी खसेका कारण उद्धार गर्न कठिनाइ परिरहेको छ’उनले भने । घटनाबारे थप विवरण संकलन भइरहेको उनले जानकारी दिए ।
