काठमाडौं ।
यही मंसिर १५ गतेदेखि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलतर्फ अन्तिम टोलीको घोषणा भएको छ । मिडफिल्डर सुजल श्रेष्ठको कप्तानीमा घोषित खेलाडीहरुमा विकेश कुथु, अर्पण कार्की, दीप कार्की, अनन्त तामाङ, विकास खवास, विक्रम लामा र छिरीङ गुरुङ रहेका छन् ।
त्यस्तै, सेसेहाङ आङदेम्बे, सुमन अर्याल, नितिन थापा, तेज तामाङ, रेजिन सुब्बा, अभिषेक रिजाल, राजेश परियार, प्रेजेन तामाङ, मिक्छेन तामाङ, हेमन्त थापामगर, सुनील बल र राजीव लोप्चन रहेका छन् ।अनुशासनको कारबाहीका कारण फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र डिफेन्डर दिनेश राजवंशीलाई सागबाट हटाइएको छ ।
उनीहरुको स्थान राजीव, प्रेजेन र राजेशले लिएका हुन् । सुजलसँगै सागमा सिनियर खेलाडीकारुपमा मिडफिल्डर विक्रम लामा र गोलकिपर विकेश कुथु रहेका छन् ।