मुम्बई
। अभिनेत्री कंगना रनावत हाल तमिलनाडु राज्यकी मुख्यमन्त्री स्व जयललिथाको जीवनीमा आधारित वायोपिक फिलम’थलाइवी’को सुटिङमा व्यस्त रहेकी छिन् । केही दिन अगाडी मात्र फिल्मको टिजर र पोस्टर सार्वजनिक भएको छ ।
जसलाई लिएर कंगना एकदमै उत्साहित छिन् । यसैबिच फिल्ममा दक्षिण भारतीय स्टार एनटिआर जुनियरले काम गर्न अस्वीकार गरेको खबर सार्वजनिक भएको छ । फिल्ममा उनलाई एनटिआरका हजुरबुबा एनटी रामा रावको भूमिकाका लागि प्रस्ताव गरिएको थियो । तर उनले सो भूमिका गर्न स्पष्ट रूपमा अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
जयललिथा राजनीतिमा आउनुअघि एकदमै चर्चित अभिनेत्री थिइन् । उनले एनटी रामा रावसँग कयौँ सिनेमामा एकसाथ काम गरेकी थिइन । त्यसैले यस बायोपिक सिनेमामा उनको महत्त्वपूर्ण भूमिका हुने अपेक्षा गरिदैं आइएको थियो । जुन २६, २०२०म्मा रिलिज हुनेछ ।