धनगढी, ९ मंसिर
धनगढी उप–महानगरपालिका ९ वडा कार्यालयको शोमबार एक कार्यक्रमका बिच सिलन्यास गरिएको छ । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले वडा कार्यालयको सिलन्यास गरेकी हुन । वडा कार्यालय खल्यानचौरमा निर्माण हुन थालेको छ ।
भवनको सिलन्यास गर्दै उप–प्रमुख भट्टले सबै वडामा आफ्नै भवन निर्माण गर्ने अभियानमा लागेको बताईन । यसै अन्तरगत वडा नं ९ को वडा कार्यालय निर्माण सुरु गरिएको हो उप–प्रमुख भट्टले भनिन्, भवन निर्माण नभएका वडामा क्रमसः वडा कार्यालय निर्माण गरिने छन् । वडा कार्यालय निर्माण भैसकेपछि सेवा प्रवाह गर्न सजिलो हुने छ । भाडामा वडा कार्यालय संचालन गर्दा सेवाग्राही र सेवा प्रदायी दुबैलाई समस्या रहेको बताउदै उप–प्रमुख भट्टले भनिन्, आफ्नो संरचना निर्माण भएपछि राहत पुग्ने छ ।
धनगढी उप–महानगरपालिका वडा नं ९ का अध्यक्ष प्रेम भण्डारीले वडा कार्यालय निर्माणले स्थानीयमा खुसी थपेको बताए । उनले भने, भाडामा वडा कार्यालय संचालन गर्दा उप–महानगरपालिकालाई आर्थिक भार परेको थियो भवन बनेपछि त्यसबाट मुक्ती मिल्ने छ । धनगढी उप–महानगरपालिकाका ईन्जीनियर कमल ओझाका अनुसार ७ कोठे आधुनीक भवन निर्माण हुदैछ । ८२ मा भवन निर्माणको ठेक्का सम्झौता भएको छ भने भवन निर्माणको अवधी १५ महिना रहेको छ ।
