काठमाडौं,८ मसिर–
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर वोहराले मन्त्री बोहराले बैतडीमा एसइइ दिने क्रममा बलात्कृत भएकी पुजा बोहरालाइ आर्थिक सहयोग गर्नुका साथै एक कम्पनिमा रोजगारी लगाइदिएका छन ।
हाल काठमाडौंमा आर्थिक अवस्था कमजोर भइ जिबिकोपार्जन गर्न समस्या भएको थाहापाएपछि मन्त्री वोहराले पुजालाइ आर्थिक सहयोग गर्नुका साथै रोजगारी लगाइ दिएका हुा । आगामी दिनमा पनि सहयोग गर्ने मन्त्री बोहराले सो क्रममा पुजालाइ बताए ।
२०६८ सालमा एसएलसी दिन जादा बलात्कारको सिकार भएकी पुजालाइ सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाउँदै बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष जेल सजाय सुनाएको छ । साथै पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
आइतबार सजाय निर्धारणका लागि बसेको इजलासले सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको हो । प्रतिवादीलाई बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कार कसूरमा ५ वर्ष गरी साढे ११ वर्ष कैद सजाय सुनाइएको छ ।
सर्वोच्चले पीडक दुई जनाबाट जनही साढे २ लाख गरी ५ लाख र ५ लाख सरकारका तर्फबाट गरी १० लाख क्षतिपूर्ति पीडितलाई भराउने पनि आदेश दिएको छ । जिल्ला अदालत बैतडीले यो मुद्दामा भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
तर पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै दुबै अभियुक्तलाई सफाइ दिएको थियो ।
पुनरावेदनको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले २०७१ पुस २ गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो । यस्तै मन्त्री बोहराले संघीय राजधानी काठमाडौंका विभिन्न मन्त्रालयका विभागीय मन्त्री र सचिवसँग भेटघाट गरी सुदूरपश्चिम प्रदेशको विकासको योजनाबारेको छलफललाई तीब्रता दिएका छन ।
सुदूरपश्चिम प्राकृतिक सुन्दरताले धनि प्रदेश भएकाले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मन्त्री बोहराले भेटघाटलाई तीब्रता दिएका हुन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेटी प्रदेशको समग्र पर्यटनस्थिति बारे जानकारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा रहेका खप्तड, डोटीको शैलेश्वरी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिर, अछामको रामारोशन, अछामकै बैजनाथ, डोटीको बडिकेदारलगायतका धार्मिकस्थलको प्रचारप्रसार र संरक्षणमा प्रदेश सरकार जुटेको भन्दै मन्त्री बोहराले पर्यटनमन्त्री भट्टराईलाई संघ सरकारबाट थप कार्यक्रम बिस्तार गरिदिन आग्रह समेत गरे । भ्रमण वर्ष नजिकिँदै जाँदा यी सम्पदाले सुदूरपश्चिमको चिनारी र आर्थिक समृद्धिमा टेवा पु¥याउने मन्त्री बोहराको धारणा छ ।