• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

यौनाङ्गबाट सेतो पानी बग्नु सामान्य हो ?

काठमाडौँ, १२ मंसिर । महिलाहरू प्रत्येक महिना विभिन्न चक्रबाट गुज्रिन्छन् । महिनावारी चक्र, डिम्ब निष्कासन चक्र, त्यो चक्रको बेला कहिले महिनावारी हुनुभन्दा केही दिनअघि र डिम्ब निष्कासनको बेलामा पनि तीनअघिदेखि सेतो पानी बग्छ भने त्यो सामान्य हो ।

यौन सम्पर्कपछि पनि कहिलेकाहीं सेतो पानी बग्नु सामान्य हो । तर यो अवस्था भन्दा पनि दैनिक सेतो पानी बग्छ भने त्यो असामान्य हो । सेतो पानी दही जस्तो बाक्लो, हरियो कलरको र एकदमै धेरै गन्हाउने आयो भने त्यो पनि असामान्य हो ।

सेतो पानी बग्ने कारण

फंगल, कीटाणुहरूको संक्रमणको कारण यस्तो सेतो पानी बग्ने समस्या हुन्छ । त्यसको साथै यदि श्रीमान् वा श्रीमतीलाई संक्रमण छ भने यौन सम्पर्कको कारण पनि यस्तो समस्या देखा पर्छ ।

पाठेघरको समस्या तथा मूत्रनलीको संक्रमण भएको अवस्थामा पनि सेतो पानी बग्ने समस्या हुन्छ । पाठेघर तथा मूत्रनलीमा संक्रमण भयो भने यस्तो समस्या हुन्छ । पाठेघरको मुखको क्यान्सर भएकामा पनि कीटाणुहरूको संक्रमण छिटो हुने र सेतो पानी बग्ने समस्या हुन्छ ।

सेतो पानी बग्दा त्योसँगै तल्लो पेट दुख्ने समस्या पनि महिलामा देखिन्छ । महिलामा ‘मोनोपोज’ महिनावारी सुकेपछि एस्ट्रोजोन भन्ने हर्मोनको कमी हुन्छ जसले हड्डी कमजोर हुने, मुड परिवर्तन हुने, सेतो पानी बग्ने र यौनाङ्ग एकदमै सुख्खा भएर चिलाउने जस्ता समस्या देखिन्छन् ।

सेतो पानी बगिरहने स्थितिमा के गर्ने ?

धेरै सेतो पानी बग्ने मुख्य कारण फंगल र कीटाणुको संक्रमणको कारणले हो । त्यसैले सबैभन्दा पहिले त के कारणले सेतो पानी बगेको त्यो कुरा पत्ता लगाउनुपर्‍यो । कीटाणुको कारणले संक्रमण भएको छ भने एन्टिबायोटिक दिएर यसको उपचार गरिन्छ । फंगलको कारण यस्तो समस्या भएको हो भने चाहिं एन्टिफंगल उपचार गरिन्छ ।

दैनिक साबुनपानीले यौनाङ्ग सफा गर्नुहुँदैन । हप्तामा एकपटक साबुनपानीले सफा गर्ने नत्र सफा पानीले मात्र यौनाङ्ग सफा गर्नुपर्छ । यौनाङ्गलाई सकेसम्म सुख्खा र सफा राख्नुपर्छ । ओसिलो बनाएर राख्नु हुँदैन ओसिलो भने फंगल संक्रमण हुने सम्भावना हुन्छ ।

नाइलन र सिल्कको भन्दा पनि सुतीको पेन्टी प्रयोग गनुपर्छ । महिनावारी भएको बेला ४ देखी ६ घण्टामा प्याड परिवर्तन गर्नुपर्छ ।

यौनाङ्गको सरसफाइसँगै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । दैनिक ८ ग्लास पानी पिउनुपर्छ । पानीले मूत्रनलीमा संक्रमण हुन दिंदैन र कीटाणुहरूलाई पखाल्छ ।

केही महिलाको जन्मजात गर्भाशय आकार र मोटाइ अलि कम हुन्छ भने त्यस्ता महिलालाई थोरै रगत बग्ने समस्या हुन्छ । सामान्यतया दुई दिन रगत बगेको छ भने त्यो सामान्य हो । पाठेघरको मुखको क्यान्सर भएमा कसैलाई महिनावारी नै नहुने वा महिनावारी भयो भने पनि एक दिन अलिकति मात्र रगत बग्ने हुन्छ ।

उपचार

दुई दिनभन्दा कम थोरै रगत बग्यो भने अस्पताल गएर भिडियो एक्सरे र पाठेघरको पानीको जाँच गर्नुपर्छ । के कारणले कम रगत बगेको हो भनेर पत्ता लगाएर त्यसै अनुसारको उपचार गरिन्छ ।

कसैको जन्मजात नै गर्भाशय अलि ठूलो र मोटो आकारको हुन्छ । त्यस्ता महिलालाई महिनावारीको समयमा अलि बढी पेट दुख्ने र अलि बढी रक्तस्राव हुने हुन्छ । शरीरमा ‘प्लेटलेट्स’ रगत बन्द गर्ने प्लट कम छ भने पनि रगत बगिरहने समस्या हुन्छ । साथै पाठेघरको मुखको क्यान्सर भयो भने पनि महिनावारीमा धेरै रक्तस्राव हुने हुन्छ ।

उपचार के ?

सात दिनसम्म रक्तस्राव हुनु सामान्य हो । सात दिनभन्दा बढी रगत बगिरहन्छ भने यसको पनि कारण पत्ता लगाउनुपर्ने हुन्छ । सबैभन्दा पहिले त आइरनको मात्रा जाँच गर्नुपर्छ । धेरै रगत बग्यो भने एनेमिया हुने सम्भावना हुन्छ । त्यसैले धेरै रगत बग्नुको कारण पत्ता लगाएर त्यही अनुसार उपचार गर्नुपर्छ ।अनलाइनखबरबाट

(डा. श्रेष्ठसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

 

सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.