धनगढी, १२ मंसिर/कुटपिटबाट मृत्यु भएका बाजुराका अनेरास्ववियु केन्द्रीय सदस्य चेतनदिप अयडीको शव ९ दिन पछि उठेको छ । नेकपा एमाले बाजुराले मार्तडीमाको खुलामञ्चमा श्रद्धाञ्जली सभा कार्यक्रम गरी दाहसंस्कार गरिने भएको छ ।
मसिंर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचन पश्चात नेपाली काँग्रेसका कार्यक्रताको कुटपिटबाट अयडीको मृत्यु भएको हो । मृतक अयडीको शब यात्रा सदमुकाम मर्तडी परिक्रमा गराई त्रिबेणी नगरपालिका बुढीगंगाको नदीको त्रिबेणीमा दहासस्कार गरिएको एमाले बाजुराका सचिव भरत थापाले बताएका छन ।
श्रद्धञ्जली सभामा बाजुराको सदरमुकाम मर्तडीमा सयौ कार्यकर्ता पगेका थिए । मंसिर ४गते अयडीलाई घर भित्र रहेको बेला घर भित्रबाट तानेर निर्घात कुटपिट गरेको थियो । अयडिलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा मृत्यु भएको थियो ।त्रिबेणी ७ मा दिउसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा त्रिवेणी ७ बस्ने सञ्जिब अयडीको मृत्यु भएको थियो । सञ्जिबको मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो ।
सञ्जिब अयडीको मृत्युपछि काँग्रेस कार्यकर्ताले घरघरमा गएर अनेरास्वीयुका केन्द्रिय सदस्य चेतन अयडि लगायत एमाले कार्यकर्ता माथि कुटपिट गरेको थियो । नेकपा एमाले बाजुराले पनि चेतनको हत्यारालाइ प्रक्राउ गरि दोषि माथि कार्यवाहिको माग गर्दै मंसिर ५ गते देखी बाजुरामा आन्दोलन गरिरहेको छ ।