सबैभन्दा बढि उखु किसान सहित सर्वसाधारण यात्रुलाई जोखिम
- कञ्चनपुर
कञ्चनपुरको दुई स्थानीय तह जोड्ने सुतिया नालामा निर्माण हुन लागेको पुलमा चरम ढिलासुस्ती भएको छ । बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिका जोड्ने सुतियानालाको पुल निर्माणमा चरम ढिलासुस्ती भएको हो ।
सुतियानाला शिवनगरमा निर्माण हुने पुलको म्याद सकिएको एक बर्ष पुरा भएपनि ठेकेदार कम्पनीले अझै पुल निर्माण गर्न सकेको छैन् । सडक डिभिजन कार्यालय कञ्चनपुरबाट सो नालामा पुल निर्माणका लागि राजेन्द्र निर्माण सेवाले जिम्मा पाएको थियो ।
राजेन्द्र निर्माण कम्पनीले जेठ ०७, ०७४ मा ५ करोड ८७ लाख रुपैयामा ठेक्का सम्झौता गरेका थिए । ०५, मंसिर ०७५ मा निर्माण सम्पन्न गर्ने जिम्मा पाएको राजेन्द्र निर्माण सेवाको चरम लार्पबाहीले अहिलेसम्म पनि पुल निर्माण भएको छैन् । ठेकेदार कम्पनीले ४० मिटर लम्बाई ११ मिटर चौडाईको पुल निर्माणको जिम्मा पाएपनि हालसम्म दुई पिलर मात्रै खडा गरिएका छन् ।
सम्झौता गरेको ३० महिनासम्म निर्माण कम्पनीले दुवैतर्फ दुई मात्रै पिलर खडा गरेको छ । पोलको दायाबाँया स्लेभ र तारजाली मात्रै निर्माण गरेपनि अहिलेसम्म पुल निर्माणका लागि कम्पनीले चासो नै देखाएको छैन् । सडक डिभिजन कार्यालय कञ्चनपुरका सुचना अधिकारी लक्ष्मण दत्त जोशीले पुल निर्माणको काम ७० प्रतिशत सकिएको बताए । उनका अनुसार पहिलो पटक म्याद थपको समयमा पनि ठेकेदार कम्पनीले काम गर्न सकेको छैन् । ‘रिलोकेशन र विद्युत पोल सार्दा केही समय लागेको हो, ‘सुचना अधिकारी जोशीले भने, ‘ठेकेदार कम्पनीले आलटाल गर्न पाउँदैन् ।’
पुन म्याद थपका लागि फाईल आएपनि किन के कारणबाट निर्माण भएको विषयमा ठेकेदार कम्पनीसंग स्पष्टिकरण सोधेर म्याद थप गरिने उनले बताए । ‘ढिलाई हुने कारण पेश गर्नुपथ्यौँ, ‘उनले भने, ‘त्यो पनि भएको छैन, त्यहाँ ठेकेदार कम्पनीकै चरम लार्पबाही देखिन्छ ।’ कार्बाहीका लागि प्रकृया थाल्ने उनले चेतावनी दिए । काम अनुसार रकम समेत लिएको ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेर कालोसुचिका राख्नका लागि डिभिजन कार्यालयले विभागलाई पत्र लेख्ने समेत सुचना अधिकारी जोशीले बताए । यसरी सडक डिभिजन कार्यालय कञ्चनपुरले ढिलासुस्ती गर्ने ठेकेदारलाई पत्र थमाउति बाहेक अन्य कार्बाही गर्न आँटेको देखिदैन् ।
पुल निर्माणको जिम्मा पाएको राजेन्द्र निर्माण सेवाका ईन्जिनियर रोशन भट्टले विद्युतका कारण ढिलाई भएको स्वीकार गर्नुभयो । उनले पुल निर्माणको ढिक माथितिर विद्युतका हाईटेन्सेनलाईन भएका कारण सार्न ढिलाई भएको बताए । ‘हामीले विद्युतका पोल सार्नका लागि सडक र सडकले विद्युत प्राधिकरणलाई पटक पटक पत्र लेखेर अनुरोध गर्दा पनि वास्ता नै राखेन, ‘त्यही भएर ढिलाई भएको हो ।’ दोस्रो पटक म्याद थप गरेर ६ महिना भित्रै पुल निर्माण गरिसक्ने उनले बताए ।

विद्युतको समस्या हल भएकाले काम अघि बढाईने ठेकेदार कम्पनीका अधिकारीले बताएका छन् । तर, शुरुवाती चरणदेखि नै पुल निर्माणमा ढिलाई भएका कारण स्थानीयले समयमै बन्नेमा विश्वस्त छैनन् ।
बेलौरी नगरपालिका १० शिवनगर निर्माणाधिन पुल छेउकै स्थानीय दिल सिहले चालु आर्थिक बर्षको साउनदेखि कार्तिकसम्म काम नभएको बताए । ‘मंसिरको पहिलो सातासम्म पनि काम भएको छैन, ‘उनले भने, ‘फेरीपनि ठेकेदारलाई बर्षातको बहाना हुन्छ ।’ पुल निर्माण नहुँदा सबैभन्दा बढि उखु किसान मारमा परेको उनले बताए । बेलडाँडी लगायतका स्थानबाट चिनिमिलमा उखु बिक्रि गर्न आउने किसानलाई बढि जोखिम भएको उनले बताए । ‘अहिलेसम्म नालामा पुल बनेको छैन, ‘उनले भने, ‘निर्माणाधिन पुलकै छेउमा कच्ची ह्युपपाईप प्रयोग गर्दा दुर्घटना हुन्छन् ।’ लोडका सवारी साधन हप्तैपिच्छे दुर्घटना हुने गरेको उनले बताए । घुमाउरो सडक भएर उखु ल्याउँदा किसानलाई घाटैघाटा हुने स्थानीय सिहले बताए ।
बेलौरी क्षेत्रका बुद्धिजिवी एव स्थानीय लाल बहादुर शाहीले पुल निर्माणमा कम्पनी र सरकारी निकायको गैर जिम्मेबारीपनका कारण ढिलाई भएको बताए । ‘पुल निर्माणको ठेक्का निकाले,ठेकेदारलाई दिए, तर समयम समयमा नियमन भएन, ‘उनले भने, ‘यतो गर्दा ठेकेदारले काममा लार्पबाही ग¥यो, काममा यस्तै कारणबाट ढिलासुस्ती भयो ।’ पुल निर्माणका दुवैपक्ष गम्भिर र जिम्मेबार बन्नुपर्नेमा उनले सुझाव दिए । स्थानीयले पुल निर्माणमा अनियमिता र अबपनि ढिलासुस्ती गरेर आन्दोलनदेखि अख्तियार धाउने चेतावनी दिएका छन् ।