धनगढी, ११ मंसिर/दार्चुलामा प्रदेश र प्रतिनिधिसभातर्फको सामानुपातिक मतपरिणमा नेकपा एमालेले सबैभन्दा बढी पाएको छ । दार्चुलामा कुल खसेको ५८ हजार ९९१ मत मध्य एमालले २४ हजार ८८३ मत पाएको छ । समानुपातिक मतगणना दार्चुलामा सकिएको छ ।
दार्चुलामा एमालेले २४ हजार ८८३ मत पाएर पहिलो, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २० हजार ६५५ मत पाएको छ । भने नेकपा माओवादी केन्द्रले आठ हजार १९० मत पाएको छ ।
अन्य ४४ राजनीतिक दलले प्रतिनिधिसभा सामानुपातिक निर्वाचन प्रणालीतर्फ दार्चुलाबाट एक हजार भन्दा कम मत प्राप्त गरेका छन् । खसेका जम्मा मतमध्ये ५६ हजार ५२२ सदर र दुई हजार ४६९ मत बदर भएका छन् ।