• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जाडो मौसममा यस्ता काम नगर्नुहोस्

जाडो मौसम शुरु भएसंगै हाम्रो शरीरमा धेरै प्रकारका असरहरु देखापर्न थाल्छन् । जाडो मौसममा धेरै मानिस अत्यधिक खाने, कम शारीरिक परिश्रम गर्ने तथा अत्यधिक सुत्ने गर्दछन् ।

कतिपय मानिस त घाम लाग्दा घाम छाड्न नखोज्ने तथा बिहान–बेलुकी कोठाभित्रै बस्न रुचाउँने गर्दछन् । जाडो मौसममा रुघा, खोकी, एलर्जी र ज्वरो आउनु सामान्य हो भने कतिपयलाई चाया पर्ने, छाला सुख्खा हुने तथा शरीर फुस्रो हुने गर्दछ ।

अझ कतिपय अवस्थामा सामान्य ठानिएका विषयले समेत जाडो मौसममा मानिसलाई असर पुर्‍याइरहेको हुन्छ । यस्तोमा हामीले त्यस्ता बानी तथा लतहरुलाई त्याग्नु नै उत्तम हुन्छ । आउनुहोस् जानौँ जो जाडो मौसममा गर्नु नहुने केही कुराः

१। कम पानी पिउनु हुँदैनः जाडोमा गर्मी मौसममा जस्तो तिर्खा लाग्दैन । तर पनि पानी पिउन छाड्नु हुँदैन । जाडोमा हाम्रो शरीरलाई दैनिक दुई लिटरभन्दा बढी पानीको आवश्यक पर्दछ । अन्यथा डिहाइड्रेसनले मिर्गौला, अपच र पेट दुख्ने लगायतका समस्याहरु आउन सक्छ । साथै जाडो मौसममा अत्यधिक तातो पानी पनि पिउनु हुँदैन ।

२। धेरै लुगा लगाउनु हुँदैनः जाडोबाट बच्न अधिकांश मानिस धेरै लुगा लगाउने गर्दछन् । तर धेरै लुगा लगाउनु जाडोबाट बच्ने राम्रो उपाय भने होइन । धेरै लुगा लगाउँदा शरीरमा गर्मी हुन्छ र पसिना आउँछ । पसिनाले शरीरलाई झन् चिसो बनाउने गर्दछ । तसर्थ जाडोमा लुगा लगाउँदा मांसपेशीलाई न्यानो पार्ने ज्याकेट वा स्विटर लगाउनु उत्तम हुन्छ ।

३। पन्जारमोजा लगाउनु अनुपयुक्तः चिसोबाट बच्नका लागि भन्दै हातमा पन्जा र खुट्टामा मोजा लगाउनु नराम्रो होइन । तर यसो गर्नाले चिसोबाट बच्न भने सकिदैन । हात र खुट्टालाई ढाकेर बस्नुको अर्थ वातावरणीय परिवर्तन स्विकार गर्न नसक्नु वा त्यसका लागि शरीरलाई अवरोध गर्नु हो । त्यसैले जाडोमा मोजा लगाएर सुत्ने बानी राम्रो होइन । यसले मुटुबाट जोर्नीमा प्रवाह हुन रक्त सञ्चालनमा प्रभाव पार्दछ । मोजा लगाएर सुत्दा जोर्नीमा रगत जम्ने खतरा हुन्छ ।

४। जाडोमा धेरै खानु हुँदैनः जाडो मौसममा हामी शरीर तताउनभन्दै अत्यधिक मात्रा परिकारहरु खाने गर्दछौँ । जसमा माछा मासुजन्य पर्दाथ, बढी चिल्लो र प्रोटिनयुक्त तथा जंक फुडलगायतका खानेकुरा पर्दछन् । तर खानाको मात्रा बढे पनि जाडोको समयमा हामी कम मात्रामा काम गर्दछौँ । जसले शरीरमा तौल बढाउनुका साथै रोगको खतरासमेत बढाउने गर्दछ ।

५। धेरै सुत्नु हुँदैनः जाडो मौसमको अर्को खराबी भनेको अधिकांश मानिस धेरै समयसम्म सुत्ने गर्दछन् । साँझ चाडैं ओच्छ्यानमा पुग्नेहरु बिहान अबेरसम्म निद्रामा नै हुने गर्दछन् । अझ कतिपय मानिस त बिहानको खाना खाएपछि वा दिउँसो खाजा खाएपछि समेत सुत्ने गर्दछन् । यसले शरीरमा आलश्यता बढाउनुका साथै काम गर्न वा ड्युटीमा जान फर्कन समस्या हुने गर्दछ ।

६। नशाजन्य पर्दाथको सेवन बर्जितः कतिपय मानिस जाडो मौसममा नशाजन्य पर्दाथको सेवन गर्ने गर्दछन् । जाडोमा शरीर न्यायो पार्ने नाममा अत्यधिक मदिरा पिउने, धुम्पान गर्ने तथा अन्य नशाजन्य पर्दाथको सेवन गर्ने गर्दछन् । तर यो बानीले शरीरमा अत्यधिक असर पार्ने गर्दछ । त्यसैले जाडोमा दिनभर निष्क्रिय भएर बस्नुभन्दा पार्कतिर घुम्न जादा वा काममा व्यस्त हुँदा रक्त सञ्चार तीव्र भई स्वतः शरीर न्यानो हुन्छ ।

७। अनावश्यक मेकअप नगर्नुहोस्ः जाडोमा शरीरमा हुने एलर्जी, फुस्रोपना तथा छाला सुख्खा हुँदा हामी लोसन तथा क्रिमको प्रयोग गर्ने गर्दछौँ । तर एकै किसिमको वा एकै ब्राण्डको सामाग्री प्रयोग नगर्दा हाम्रो शरीरमा यसले समेत हानी पुर्‍याउँने गर्दछ । कालान्तरमा शरीरमा यसले रोगसमेत निम्त्याउँन सक्छ । त्यसैले अनेकथरी क्रिम र लोसनको प्रयोग गर्नुको सट्टा एकै किसिमको सौन्दर्य सामाग्रीको प्रयोग गर्ने बानी बसाउनुपर्छ ।

सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.