धनगढी, ६ मंसिर/कैलाली क्षेत्र नम्बर ५ मा मत गणना सुरु भएको छ । मुख्य निर्बाचन अधिकृत अस्वस्थ भएपछि हिजो स्थगित भएको मत गणना बिहान १० बजेबाट यहाँ मतगणना सुरु भएको हो ।
क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा तर्फ ६६ हजार चार सय ३१ र प्रदेश ख तर्फ २८ हजार एक सय ७८ मत खसेको थियो ।कैलालीका प्रमुख निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना ढिलाई भएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले बताएका छन् । निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको बताइएको छ । उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ ।
कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त, नेकपा एमालेका नारदमुनि राना र स्वतन्त्र उमेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।


