धनगढी, ५ मंसिर/कैलाली क्षेत्र नम्बर २को मतगणना सुरु भएको छ । लम्कीको नमुना मावि मोतिपुर लम्कीको सभा हलमा भैरहेको मतगणना अहिले मतपत्र मिलाउने काम भैरहेको छ ।
कैलाली क्षेत्र नम्बर २बाट माओवादीबाट भगत बडुवाल, एमालेबाट झपट रावल र नागरिक उन्मुक्ती पार्टीबाट अरुणकुमार चौधरी उमेदवार रहेका छन् ।

