विराटनगर, ५ मंसिर । मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधि सभातर्फको प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेसका डा. शेखर कोइरालाले अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका लालबाबु पण्डितले पछ्याइरहेका छन् ।
विराटनगरस्थित आदर्श विद्यालयमा सोमबार पौने २ बजेदेखि ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना सुरु भएको हो ।प्रारम्भिक मत परिणाम अनुसार १३०० मत गणना गर्दा कोइरालाले ६८४ मत प्राप्त गरेका छन् ।
एमालेका पण्डितले ५१७ मत प्राप्त गरेका छन् । क्षेत्र नं ६ को सुन्दर हरैंचा नगरपालिका वडा नम्बर ६ को ज्योति मावि मतदान केन्द्रको मतपेटिकाको मतपत्र गणना भइरहेको छ ।राप्रपाका गोपाल कटुवालले ८४ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले १८६ मत प्राप्त गरेका छन् ।