धनगढी, ४ मंसिर/बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ नाटेश्वरी आधारभुत बिद्यालयको मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको प्रत्यक्षदर्शी नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य रनसहि ऐडीले जानकारी दिए ।
स्थानीय सन्जीव ऐडीको गोली लागेर मृत्यु भएको उनले बताईएको छ । अहिले त्यहाँका अवस्था त्रासपूर्ण छ । स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । हातमा गोली लागेर घाईते भएका पर्शुराम उपाध्यायलाई हेलिकप्टर मार्फत उपचारका लागि नेपालगञ्ज लगिएको बताईएको छ । अन्य घाईतेको नाम खुलेको छैन ।