काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत जारी मतदानमा हालम्म ३२ प्रतिशत मत खसको छ ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १२:४५ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको हो ।
पत्रकार सम्मेलनमा उनले सामान्य छिटपुट घटनाबहेक देशभर शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको बताए । केही स्थानमा केहीबेर मतदान स्थगित भएको बताए ।