कैलाली,
बाल्टीको पानीमा डुबेर कैलालीमा एक शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर–८ का प्रेम तिमल्सिना र राधिका तिमल्सिनाकी १५ महिनाकी छोरी गरिमा तिमल्सिना रहेकी छिन् ।
सासुससुरासँग झगडा परेपछि गरिमाकी आमा राधिका १५ महिनाकी छोरीलाई घरमै छोडेर माईती घर गएकी थिईन् ।
उनकी छोरी गरिमाको बाल्टीमा डुवेर मृत्यु भएको खबर राती थाहा भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।