धनगढीमा कर दिवसको अवसरमा पाँचजना उत्कृष्ट करदाता सम्मानीत भएका छन्। आन्तरिक राजस्व कार्यालय धनगढीले कर दिवसको अवसर पारेर उत्कृष्ट पाँच करदातालाई आज सम्मान गरेको हो।
कैलालीमा लम्कीको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड उत्कृष्ट करदाता बनेको छ। सहकारीका अध्यक्ष सुरेन्द्र कुमार शाहले कार्यक्रममा उत्कृष्ट करदाताको सम्मान पत्र ग्रहण गरेका थिए।
यस्तै, डोटीको जेभी ट्रेडर्सका सञ्चालक जंगबहादुर रावल, अछाममा सविल टे«डर्स एण्ड सप्लार्यसका सञ्चालक अक्रामुल श्रेष्ठ, बाजुराबाट डिवि खाद्य अर्डर एण्ड सप्लायर्सकी सञ्चालिका फुगी जोशी र बझाङबाट सलोन इन्टरप्राइजेजका सञ्चालक नरेन्द्रबहादुर खडका उत्कृष्ट करदाता भएका छन्। उनीहरुले पनि आजै सम्मानपत्र ग्रहण गरेका छन्।
गत मंसिर १ गतेबाट सुरु भएको कर सप्ताहको समापन कार्यक्रमका बिच उनीहरुलाई सम्मान गरिएको हो। आन्तरिक राजश्व कार्यालय धनगढीले हरेक वर्ष जस्तै कर दिवसको अवसरमा सप्ताह आयोजना गरेको थियो। सप्ताह अवधीभर प्रभातफेरी, व्यवसायीहरुसंग छलफल, बृक्षारोपण, उत्कृष्ट करदातालाई सम्मान लगायतका कार्यक्रम आयोजना गरिएको थियो। कर साप्ताहको समापन कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले गरेका थिए।