काठमाडौं, २६ कात्तिक । नेपालमा कोरोना संक्रमितको संख्या साढे ११ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा आठजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ लाख ५२ हजार ९८५ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ६८० पीसीआर परीक्षणका क्रममा आठजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण शनिबार पनि कसैको पनि मृत्यु भएको छैन । मन्त्रालयका अनुसार थप २४ संक्रमित निको भएका छन् ।हाल नेपालमा ५३० सक्रिय संक्रमित आइसोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।