डडेल्धुरा ११ कार्तिक/कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव भिड्न डडेलधुराबाट उमेदवारी दिएका सागर ढकालले डडेलधुरामा नाता जोडेका छन् ।डडेलधुरामै भाइटीका मनाएका ढकालले धामी परिवारसँग नाता जोडिएको बताएका छन् ।
गुल्मीको ढकाल र डडेल्धुराको धामी परिवारको सम्बन्ध आजबाट जोडिएको छ, सामाजिक सञ्जालबाट उनले भनेका छन्, हाम्रो संस्कृति धेरै नै धनी छ । डडेल्धुरामा दिदी–बहिनीहरू, दाजु–भाइहरू बनाउन पाउँदा निकै नै हर्षित छु । उनले आफू चार महिनादेखि डडेलधुरामै रहेको पनि बताएका छन् । आफूले दसैँ, तिहार, गौरा, तिज डडेलधुरामै बनाएको उनको भनाइ छ ।
