धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश सभा २ का उम्मेदवार प्रकाश देउवाले देश विकासका लागि पार्टीलाई मतदान गर्न आग्रह गरेका छन ।
‘अहिले स्वतन्त्र भन्दै केही मान्छेहरु निर्वाचनमा होमिएका छन’ धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा आयोजित घरदैलो अभियानमा उनले भने –‘संसदीय व्यवस्थामा एक जना व्यक्ति निर्वाचित भएपछि के गर्न सक्छ र रु देश निर्माणका लागि जहिले पनि पार्टीकै योग्दान रहेको छ । अब पनि पार्टीलाईनै मतदान गरौं ।’ उनले पार्टीको विकल्प स्वतन्त्र नभएको बताए ।
शिबपुरी युवा क्लव धनगढीले आयोजना गरेको खुल्ला फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले विगतको तुलनामा धनगढीमा पुर्वाधारहरु निर्माण हुँदै गएपनि अधुरो र अपुरो रहेको बताए । ‘यस क्षेत्रमा सडक, खानेपानी, स्वास्थ्य भवन लगायत थुप्रै संरचना निर्माणाधिन रहेका छन । तर, ति बजेट अभाव र विविध कारणले अधुरो र अपुरा छन’ उनले भने ‘धनगढीमा अपुरा योजनालाई सम्पन्न गराउन, विद्युत, खानेपानी, डुवान, नदी कटान लगायतका समस्या समाधान गर्न तर्फ मेरो जोड हुने छ ।’