विराटनगर, ५ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीजस्ता बेठिक मान्छेको हातमा पुगेको मुलुकलाई गठबन्धनले जोगाएको बताएका छन् । पाँच दलीय गठबन्धनले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेपालले संकटबाट देशलाई जोगाउन आफूहरूले जोखिम लिएको दाबी गरे ।
जोखिम लिएरै हामीले संकटमा पुगेको मुलुकलाई बचाउने काम गरेका हौँ, उनले भने ।लोकतन्त्र धरापमा पर्ने, संघीयता खारेज हुने हो कि भन्ने अवस्थालाई पार लगाउन आफूले योगदान दिएको नेपालको भनाइ छ । ।
ओलीले बनाएको गठबन्धन प्रतिगामी गठबन्धन भएको टिप्पणी गर्दै उनले आफूहरूको गठबन्धन जनसेवाका लागि भएको सुनाए । उनले भने, गठबन्धनको उद्देश्य सत्ता मात्रै होइन । जनतालाई लुटौँ भन्ने होइन । त्यसको विरोध गरेरै हामीले गठबन्धन बनाएका हौँ ।