धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार डिल्लीराज पन्तले गठबन्धन दललाई विजयी गराउन सबै लाग्नुपर्ने बताएका छन ।
‘अबको निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्ने हो’ धनगढी वडा नम्बर १२ मा सम्पर्क कार्यालयको उद्घाटनमा उनले भने –‘गठबन्धन बाहेक अरुको विकल्प छैन । देश विकासका लागि पनि गठबन्धन दलकै नेतृत्व आवश्यक रहेको छ ।’
धनगढी वडा नम्बर १२को सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले गठबन्धनले देशमा भएको गलत प्रविधिको सोच र संविधान, संघियता, हक अधिकारको रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताए । उनले कांग्रेसले जहिले पनि देश अप्ठ्यारोमा परेका बेला नेतृत्व लिदंै आएको बताए ।