धनगढी, २ कार्तिक/ धनगढीको बाबा टेलिभिजनमा कार्यरत पत्रकार रमा चन्दमाथि दुरव्यवहार भएको छ ।राष्ट्रिय नागरिक पाटी प्रदेश सभाका उम्मेदवार प्रेम विसीले पत्रकार चन्दमाथि दुरव्यवहार गरेका हुन ।
विसीले अन्तरवार्ता लिइदनि भने पछि पत्रकार चन्दले तपाई विध्यालय व्यवस्थापन समितिको अध्यक्षमा हुनुहुन्छ । त्यसैले अन्तरवार्ता लिदा र उम्मेदवारी दिदा आंचार सहिता लागु हुन सक्छ भने पछि विसीले हावा कुरा गर्ने भन्दै अपशब्द प्रयोग गरेका छन् । त्यती बोल्दा बोल्दै चन्दले सम्झाउन खोज्दा कुरै नसुनी फोन काटेर राखेको पत्रकार चन्दले बताइन ।
विध्यालय व्यवस्थापन समितिमा रहदा उम्मेदवारी दिन नपाइने र उजुरी परेमा छानविनका आधारमा उम्मेदवारी खारेज हुने निर्वाचन आयोगका अधिकृत प्रेम राज भट्टले बताए ।