धनगढी, ३१ असोज/नेपालका अर्बपति विनोध चौधरी चुनावी मैदानमा होमिएका छन् । उनी नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट चुनावमा होमिएका हुन् ।अर्बपति उद्योगी विनोद चौधरीसँग जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी प्रतिस्पर्धा गर्दै छन् । चौधरी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
त्रिपाठी केही महिनाअघि आफैंले दर्ता गरेको नयाँ दल जनता प्रगतिशील पार्टी ९जप्रपा० का उम्मेदवार हुन् । २०७४ सालमा नेकपा एमालेको समर्थनमा सूर्य चुनाव चिन्ह लिएर जितेका त्रिपाठीले अहिले पनि एमालेको साथ पाएका छन् ।
यता गठबन्धनको उम्मेदवार बनेका चौधरी भने घर दैलो अभियानमा लागि परेका छन् । नेपालका अर्बपति व्यापारी उनी एक बाइकको पछाडी बसे र जनतासँग भोट माग्दै गरेको फोटो सामाजिक सञ्जालमा राख्दै फोटो माथि अघि बढेको पाइला अब नथाक्ने जिकिर समेत गरेका छन् ।
हेर्नुस् उनको पोस्ट
