बुटवल, २६ असोज । गुल्मीमा सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता दामोदर भुसालले मनोनयन फिर्ता लिएनन् ।एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले कांग्रेस र माओवादी दुवैको समर्थनमा गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी छन्।
उनको क्षेत्रमा नेकपा एमालेबाट सचिव गोकर्ण विष्टको उम्मेदवारी परेको छ।गठबन्धनबाट झाँक्री उम्मेदवार बनेपछि कांग्रेसका महाधिवेशन प्रतिनिधि भुसालले बागी उम्मेदवारी दिएका थिए।
उम्मेदवारी कायम भएपछि भुसाल कांग्रेबाट स्वतस् निस्कासित भएका छन्।
कांग्रेस लगायतका दलहरुको आन्तरिक लोकतन्त्र कमजोर भएकाले उनीहरुलाई सही मार्गमा हिँडाउन आफूले उम्मेदवारी कायम राखेको उनले बताए।
मैले रहरले विद्रोह गरेको होइन, दलहरुको आन्तरिक लोकतन्त्र कम्जोर हुँदा व्यवस्था कमजोर भएको देखेर दुस्ख लाग्योु, उनले भने, व्यवस्थाको रक्षा गर्न र दलहरुलाई सही मार्गलाई हिँडाउन विद्रोहस्वरुप एउटा सन्देश दिएको हुँ।
भुसालको बागी उम्मेदवारीले रामकुमारीको चुनावी यात्रा चुनौतीपूर्ण बनेको छ।भुसाल यसअघि लुम्बिनी प्रदेश योजन आयोगका सदस्य थिए। तर उनले उक्त पदबाट राजीनामा दिएर चुनावमा होमिएका हुन्।