धनगढी, २१ असोज/कैलालीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मनोयन दर्ता गर्नका लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको छ । शुक्रबार कैलालीको निर्वाचन कार्यालय, प्रशासन र राजीतिक सर्बदलियको बैठकले तालिका अनुसार मनोनयन दर्ता गर्न सहमत भएका छन् ।
कैलालीमा उम्मेदवारी दर्ता गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले बिहान १० बजे देखी ११ बजे सम्म, लोसपाले बिहान ११ देखी १२ बजे सम्म, नेकपा एमालेको दिउँसो १ बजे देखी २ बजे सम्म, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरीक उनमुक्ती पार्टीको दिउँसो २ देखी ३ बजेसम्म, नेपाल लोकतान्त्रीक पार्टी ३ देखी ४ बजेसम्म र नेपाली कांग्रेस, नेकपा माओवादी, र नेकपा एकिकृत समाजवादीको गठबबन्धनका उमेदबारले साँझ ४ देखी ५ बजे सम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तालिका रहेको निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
उमेदवारी दर्ताका समायमा भिडभाड र सम्भावित बिवाद नहुन दिन सर्बदलिय राजनीतिक छलफलबाट दर्ताको तालिका र आचार सहित बनाएको निर्वाचन कार्यालयका प्रमुख भट्टले जानकारी दिए । निर्वाचन आयोगले आईतबार उम्मेदवारी मनोनयन दर्ता गर्न आग्रह गरेको छ । आयोगले आईतबार दिउँसो भर उमेदवारी मनोनयन दर्ताको समय तोके पनि सुरक्षा तथा राजनितीक दलले निश्चित समय निर्धारण गरेका हुन् ।
उममेदवारी दर्ता गर्दा निर्वाचन आयोगले तोकेका आवश्यक काजजात सहित उपस्थित हुन पर्ने बताएको छ । निर्वाचनलाई व्यवस्थीत र मर्यादित बनाउन निर्वाचन आयोगको आचार संहिता २०७९ पूर्ण रुपमा पालना गर्न सुरक्षा तथा राजनितीक दलको सहमती समेत गरिएको छ ।