काठमाडौं, ९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ गते हुने निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गरेकी छन् ।
“राष्ट्रिय सुरक्षा परिषदको मिति २०७९ भदौ २७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९ भदौ २७ को पत्रको आधारमा सम्वत् २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ,” प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।