• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीका सत्तारुढ भातृ तथा युवा सङ्गठनद्वारा राष्ट्रपतिको कद विरुद्ध ज्ञापन

धनगढी/सरकारमा सहभागी दलहरूका कैलाली स्थित भातृ तथा युवा सङ्गठनहरूले नागरिकता विधेयकमा राष्ट्रपतिको कदको विरोध जनाएका छन् । दुवै सदनबाट पारित भएको नागरिकता विधेयकमा राष्ट्रपतिले प्रमाणीकरणका लागि देखाएको लापरबाही प्रति उनीहरूले संयुक्त ज्ञापन पत्र मार्फत विरोध जनाएका हुन् । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण कुमार थापा मार्फत राष्ट्रपति कार्यालयलाई उक्त विधेयक प्रमाणीकरणका लागि ज्ञापन पत्र बुझाएका छन् ।

अध्यक्ष बम र योङ कम्युनिस्ट लिग नेपाल कैलालीका संयोजक भेष राज जैसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको यो कदमको विरुद्ध सचेत रहन सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनैतिक दल, भातृ तथा युवा सङ्गठन नागरिक समाज, बौद्धिक समुदाय, श्रमजीवी वर्ग, सञ्चार जगत्, लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हामी संयुक्त भातृ तथा युवा सङ्गठन को तर्फबाट हार्दिक आह्वान गर्दछौँ । नागरिकता विहीन नेपाली नागरिकहरूलाई नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार बाट वञ्चित हुने गरी राष्ट्रपतिबाट राष्ट्रको गम्भीर जनताको संवैधानिक अधिकार सँग जोडिएको विषयमा खेलबाड गर्ने र सीमित राजनीतिक पार्टीको कार्यकर्ता जस्तो भई पदको मर्यादा भन्दा बाहिर गई गरिएको संविधान विरोधी कदम सच्याउनका लागि जोडदार माग गर्दछौ ।’

राष्ट्रपतिको यो कदम बाट नागरिकता विहीन नेपाली नागरिकहरूलाई नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार वञ्चित गरेको बमले बताउनु भयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को पूर्ण पालना र संरक्षणका लागि ज्ञापन पत्र मार्फत आग्रह गरिएको उहाँको भनाई छ ।

शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.