बैतडी मरेको कुखुराको मासु खाँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका २ जरसौँकी १५ वर्षीया पुष्पा पार्कीको मृत्यु भएको हो। आइतबार साँझ कुखुराको मासु खाएर विरामी भएकी उनको शनिबार मृत्यु भएको स्थानिय केशव पन्तले बताएका छन्।
यस्तै मरेको कुखुराको मासु खाँदा ७० बर्षीय पार्वती पार्की, ३३ बर्षीया गंगा पार्की, ८ बर्षीय राकेश पार्की, ३५ बर्षीय जानकी पार्की, १२ बर्षीय मनोज पार्की, १० बर्षीय रमेश पार्की, ६ बर्षीय भुवन पार्की, ६ बर्षीय रुपेश पार्की र ४ बर्षीय सपना पार्की बिरामी भएका छन्।
बिरामीहरुलाई स्थानीय स्वास्थ्य संस्था उपचार हुन नसकेपछि थप उपचारका लागि हाट स्वास्थ्यचौकीमा लगिएको छ। स्थानियका अनुसार शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएपछि आइतबारदेखि बिरामी परेका हुन्। मासु खाएपछि बान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएको थियो।