धनगढी, २ असोज/नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बर्षमा ३६४ दिन काँग्रेस हुने र भोट हाल्ने १ दिन काँग्रेस नहुने रोगका कारण पार्टी कमजोर भैरहेको बताएकी छन् । यसपालिको निर्वाचनमा यो रोगलाई परास्त गरी पार्टीको जग बलियो बनाउनुपर्ने धारणा व्यक्त गरेकी छन् । यस्तो समस्याले अहिलेको चुनाबमा मात्रै नभई र पार्टीमा आउने पिडिको भबिश्य समेत अन्धाकार हुने नेतृ देउवाले बताईन् । काठमाण्डौमा आयोजित गणेशमान सिंहको २५ औ स्मृति दिवसको अवसरमा पुस्तक बिमोचन कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।
नेपाली काँग्रेस हार्नुका कारण काग्रेस लाई काग्रेसले मात्र हराउछ भन्ने काहावत रहेको बताउदै केन्द्रीय सदस्य देउवाले अब सबैको बिचार एक भएर नीति र सिद्धान्तका अनुसार चल्नुपर्ने बताईन् । ‘हामीले जग बलियो बनाउनुपर्छ’ केन्द्रीय सदस्य देउवाले भनिन् –‘सबै आफ्नो स्थानीय क्षेत्रमा जनता र उनका भावनमा काम गर्नुपर्छ ।’ हामी हरेक वडा वडामा गएर काम गरेनौ भने चुनाब जित्न गारोे हुने बताउदै हामीले गठबन्धनका अरु दलहरुको भोट लिएर र आफ्नो भोट दिएर मात्रै चुनाव जित्ने नेता देउवाले सबैलाई अनुरोध गरिन् ।अहिलेको परिस्थितिमा देशलाई बचाउन गठबन्धनको आवश्यकता भएको बताउदै पहिला देश अनि पार्टी त्यसपछि मात्र म भन्ने सोचेर सबैजना देशलाई बचाउन लाग्नु पर्ने उनको धारणा छ ।
सबै उम्मेदबार बन्न टिकटको दौडधुपमा मात्रै छन्, तर, मतदाता बिचका जनअधारमा सबै टिकट पाउनेमा आश्वस्त रहेको उनले बताईन् । आगामी निर्वाचनमा टिकटका लागि सबै योग्य उम्मेद्बार हो तर, त्यसमा पनी केही व्यक्तीहरु मात्रै अहिले उम्मेदबार बन्नु हुन्छ, नपाउने पनि पार्टीको अभियानमा साथ दिएर अर्को पटक अबसर खोज्नुपर्ने उनको भनाई छ ।
यसपालिको निर्वाचनमा गठबन्धनले गर्दा चुनाब जित्ने आधार भएपनि पार्टीको भागमा नपर्दा उनीहरु व्याक हुनुपर्ने बाध्यता आएको बतउदै उनले पार्टीले पनि केही स्थान छोड्नुपर्ने समस्या भएको बताईन् ।अर्को प्रशंगमा नेता देउवाले पछिल्लो समय ठुला देशहरु बिचको लडाई, जलवायु परिबर्तनले समेत नेपाललाई ठूलो समस्या गरेको बताउदै हाम्रो राम्रो सरकार भएन भने देश संकटतिर जाने छ त्यसैले देश सही निकासतिर जानका लागि यसपालि भएकाले काग्रेसलाई जिताउनुपर्ने उनको धारणा छ ।