धनगढी, ३१ भाद्र/सुदूरपश्चिम प्रदेश सरकारले २ जना राज्यमन्त्री थपेको छ । शुक्रबार प्रदेश सरकारले २ प्रदेश सांसदलाई मन्त्रीलाई सफत ग्रहण गराएको छ ।सरकारले संघ र प्रदेश निर्वाचन घोषणा गरिसकेर दलहरु चुनावी अभियानमा होमिएको समयमा सुदूरपश्चिम सरकारले दुई राज्यमन्त्री थप गरेको छ। चुनाव हुन दुई महिना बाँकी रहँदा शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारले २ जना राज्यमन्त्री थप गरेको हो। प्र
देश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार २ प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन्। प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए। दुबै एकीकृत समाजवादीका सांसद् हुन्। बुढाथोकी कैलाली -५ (क) सोडारी अछामबाट प्रदेश सभा सदस्य हुन्।
उनीहरु दुवै जनाले पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन् । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्बर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोढारीलाई पठाएको हो ।