धनगढी,२१ भाद्र/नेपाल प्रेस युनियन कैलाली शाखाका अध्यक्ष श्रवण देउवा नेपाली काँग्रेस कैलाली जिल्ला प्रचार–प्रसार शाखा सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समितिद्वारा तपेन्द्र भूषाल नेतृत्वमा गठित प्रचार–प्रसार शाखा सदस्यमा देउवा मनोनित भएका हुन् ।
नेपाली कांग्रेसको नियमावली २०७६ परिच्छेद १७को ४८को ३को ५ अनुसार देउवालाई मनोनित गरेको नेपाली कांग्रेस कैलालीका जिल्ला सभापति नारायण दत्त भट्टले जानकारी दिए । २० वर्ष देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका देउवा लामो समय देखि नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनमामा रहेर नेतृत्वदायी भुमिकामा रहेका छन् ।
देउवा संगै प्रचार–प्रसार शाखा सदस्यमा प्रेस युनियन लम्की शाखाका अध्यक्ष देवानन्द न्यौपानेलाई मनोनयन गरीएको छ । यस्तै देवानन्द जैशी संयोजक रहेको संगठन बिभागमा बद्रीप्रसाद ढकाल, बाबुराम चौधरी, ललितादेबी भट्ट मनोनयन गरीएको नेपाली काँग्रेस कैलाली जिल्ला प्रचार–प्रसार शाखाका संयोजक तपेन्द्र भुषालले जानकारी दिएका छन् ।