धनगढी, २१ भाद्र/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले जनताबाट निर्वाचित प्रत्यक्ष देशको कार्यकारी प्रमुखको पक्षमा रहेको बताएका छन् ।
मंगलबार धनगढी बिमानिस्थलमा संचारकर्मी संग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच बर्षमा जनताको सोचे अनुरुप काम गर्न नसकेको बताएका हुन् । अब जनताबाट निर्वाचित कार्यकारी प्रमुख भए मात्रै देशमा राजनीतिक निकास आउने उनले बताए ।
अवको निर्वाचनबाट नयाँ जनादेश लिएर देशलाई समाजवाद तर्फ उन्मुख गराउनुुपर्नेमा उनको धाराण थियो । जनताबाट निर्वाचित प्रत्यक्ष देशको कार्यकारी प्रमुखको पक्षमा रहेको समेत बताएका छन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनभावना विपरित संविधान कुल्चने काम गरेको आरोप समेत अध्यक्ष प्रचण्डले लगाएका छन् । ओली नेतृत्वको सरकारले संबिधान उलंघन गरेर देशलाई प्रतिगमनमा लैजाने काम भएको बताएका हुन । संविधान मिचेर अहिले सम्मका उपलब्धी लत्याउदै मुलुकलाई प्रतिगमन तर्फ डो¥याउनबाट पुन बर्तमान गठबन्धनको आवश्यकता परेको प्रचण्डको भनाई छ ।
गठबन्धनविच सिट वितरण, संघ, प्रदेश क्षेत्र एकै पटक टुङगो लगाउनुपर्ने बताउँदै एक दुई दिन भित्रै टुङग्याईने बताए । आगामी निर्वाचनमा गठबन्धन गरेर जाने पाँच दलिय गठबन्धनविच सहमती भएको बताउदै अध्यक्ष प्रचण्डले सबै दलविच सिट वितरणमा टुङ्गो लगाईने बताए । मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागि हुन धनगढी आएका हुन् ।