धनगढी, १४ भाद्र/नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सुदूरपश्चिमले पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश कमिटी उपसचिव तारालामा तामागं लाई कारवाही गरेको छ ।
पार्टीको अनुशासन र मर्यादा बाहिर गएर पार्टीको बैधानिक व्यवस्था विरुद्ध संसद बैठक तथा सार्वजनिक स्थानमा अभिव्यक्ति दिएको भन्दै अनुशासनको कावार्ही गरीएको बताइएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले एक विज्ञप्ती जारी गर्दै तामांगलाई कारबाही गरीएको जाकारी दिएका छन् ।
संसदमै घोषणा गरेका थिए एमालेमा फर्कने
नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित भएर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले सोमबार प्रदेश सभा बैठकमा आफू पुनः एमालेमै फर्किने घोषणा गरेका थिए ।
सुदूरपश्चिम प्रदेश सभामा विशेष समय माग गर्दै उनले सत्ता गठबन्धनले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै आफूले पुन एमाले रोज्न थालेको बताए । उनले आगामी दिनहरूमा संसदमा पनि जुन पार्टीको जुन चिन्हबाट निर्वाचित भएको त्यही हिसाबले प्रस्तुत हुने जानकारी दिए ।
‘अहिलेको गठबन्धनले जनताको पक्षमा काम गर्न सकेन’ मलाई प्रदेश सभाको अहिलेको रेकर्डमा जे भए पनि म सुरुमा निर्वाचित पार्टीको चिन्हकै हिसाबले प्रस्तुत हुनेछु’ उनले सभामुखलाई जानकारी गराए ।