काठमाडौं ,१३ भदौ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्दैछन् ।भण्डारीलाई भेट्न देउवा पार्टी पदाधिकारीसहित दिउँसो २ बजे राष्ट्रपति भवन शितल निवास जाँदैछन् ।
‘राष्ट्रपति भण्डारीलाई भेट्न जाने खबर भर्खरै आयो,’ कांग्रेसका एक पदाधिकारीले अनलाइनखबरसँग भने,‘सरकारको प्रमुखभन्दा पनि कांग्रेसको पार्टी सभापति र पार्टी पदाधिकारीको हैसियतमा उहाँलाई भेट्न जान लागेका हौं ।’
उनले भेटको एजेण्डाका बारेमा भने आफूहरुलाई केही जानकारी नदिइएको बताए ।नागरिकताको विधेयकको विषयलाई लिएर पछिल्लो समय सत्तारुढ दल राष्ट्रपति कार्यालयबीच दूरी बढेको छ ।