• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

देउवालाई ओलीको चुनौती : यो देशमा एमाले भन्ने पार्टी पनि छ भन्ने नबिर्सनुस्

काठमाडौं,८ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली हत्तपत्त बालुवाटार जाँदैनन् । बुधबार बिहान उनी उपाध्यक्षहरु सुवास नेम्बाङ र विष्णु पौडेलसहित प्रधानमन्त्रीको सरकारी निवासमा जाँदा प्रधानमन्त्री शेरबहादुर देउवा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित पर्खिरहेका थिए ।

ओलीले सुरुमै चारबुँदा राखे । चुनाव, टीआरसी, नागरिकता विधेयक र मूल्यवृद्धि । तर दोस्रो बुँदाबाट कुरा थाले ।

सहभागी नेता विष्णु पौडेलले अनलाइनखबरसँग सुनाएअनुसार ओलीले भने, ‘यो देशमा एमाले भन्ने पार्टी पनि छ प्रधानमन्त्रीजी । यो कुरो बिर्सेर टीआरसीमा मनलाग्दी गर्ने ?

बैठकमा सहभागी अर्का नेताका अनुसार सरकारले प्रतिनिधि सभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयक छलफलका लागि पेश गरे पनि तार्किक निष्कर्षमा पुग्नेमा एमालेले आशंका गरेको छ । ‘सरकारले यस्तो संवेदनशील विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षीसँग छलफल गर्नुपर्ने होइन र रु कि एक्लै हिँडेर पुगिन्छ भन्ने तपाईंलाई परेको हो रु’ ओलीले देउवालाई भनेको उद्धृत गर्दै ती नेताले सुनाए ।

ओलीले चुनाव विश्वसनीय हुनेमा आशंका पैदा भएको, सत्ता गठबन्धनले दम्भ देखाएको आरोप लगाए ।देउवाले उनलाई बीचैमा रोक्दै त्यस्तो कल्पना नगर्न आग्रह गरे । ‘कसैले भाषणमा के के बोल्यो होला, तर त्यसलाई इस्यु बनाइदिन भएन नि,’ देउवाले ओलीलाई भनेको स्रोतले उद्धृत ग¥यो ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘चुनाव आउन अझै बाँकी छ, तर गठबन्धनले दम्भ प्रदर्शित ग¥यो । यो चुनावको माहोल बिगार्ने प्रपन्च हो भनेर हामीले भन्यौं ।’

प्रतिनिधिसभामा फेरि पुगेर पारित भएको नागरिकता विधेयकबारे सरकारले के गर्छ भनेर पनि ओलीले सोधेका छन् ।

नागरिकता विधेयक पारित गरी सभामुखमार्फत् प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक फिर्ता पठाएकी थिइन् । राष्ट्रपतिको जायज सरोकारलाई ध्यान दिनुको साटो सरकारले हुबहु फेरि नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित गरेर भिड्ने मनस्थिति बनाएको ओलीले आरोप लगाए ।

एमाले अध्यक्ष ओलीले मूल्यवृद्धि र महँगीबाट जनता आक्रान्त हुँदा पनि सम्बोधन नभएको भन्दै गुनासो गरेका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रतिपक्षीले उठान गरेको विषय आफूले सकारात्मक रूपमा लिएको भन्दै धन्यवाद दिएका छन् । ‘यसमध्ये कतिपय कुरा मैले गरुँला, तर कतिपय एक्लै गर्नसक्ने कुरा छैन,’ प्रधानमन्त्रीले ओलीलाई जवाफ दिए, ‘अबको गठबन्धन मिटिङमा पनि यसबारे कुरा राखौंला ।’

 

बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

Recent Posts

  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.