कठमाडौं, ४ भदौ । नेपाली काँग्रेसका बौद्धिक नेता प्रदीप गिरीको अवस्था गम्भीर बन्दै गएको उहाँका स्वकीय सचिव कृष्ण खनालले जानकारी दिनुभयो । क्यान्सर रोगबाट पीडित नेता गिरीको ललितपुरको मेडिसिटी अस्पालमा उपचार भइरहेको छ ।
शुक्रबारदेखि उहाँको अवस्था झन् जटिल र गम्भीर बन्दै गएको खनालले जानकारी दिनुभयो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यतिबेला प्रार्थनाको जरुरी रहेको भन्दै नेता गिरीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
महामन्त्री शर्माले उहाँ जीवनका लागि सङ्घर्षरत रहनुभएको उल्लेख गर्नुभएको छ। महामन्त्री शर्माले ट्वीटरमा भन्नुभएको छ, ‘‘अनेक हल्लाहरु केवल हल्ला मात्र हुन्।
