धनगढी, ३१ साउन/नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. आरजुु राणा देउवाले तिजमा ‘टिकटक’ बनाएर रमाईलो गर्नुभन्दा महिलाको बेदना र भावनाको चर्चा गर्नुपर्ने बताएकी छन् ।
हरितालिको तीजको अवसरमा नेपाल महिला संघ केन्द्रीय समितिको अयोजनमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै डा. आरजुु राणा देउवाले पछिल्ला समयमा महिलाका बेदना बोकेको मौलिक तिज हराउन लागेको बताईन् ।
समाजमा अहिले पनि महिलालाई हेर्ने दृष्टीकोण परिवर्तन नभएको बताउदै उनले महिलाका अधिकारका मुद्या उठानको पर्बका रुपमा तिज पर्बलाई मनाउनुपर्ने बताईन् । रमाईलो गर्नुका सथै महिलाकोे संबेदनशिलतालाई भने ख्याल गर्नुु पर्ने उनको भनाई छ । ‘परम्पारादेखि तिजको महत्व छ’ राणाले भनिन् –‘यसको महत्व र गरिमा घटन् नदिउ ।’ स्थानीय तहको निर्वाचनको परिणामले नेपाली कांग्रेस प्रती जनताको बिश्वास बढेको समेत उनले बताईन् । ‘स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बीजयी भएका जनप्रतिनिधीको संख्या उल्लेख्य रहेको बताउदै उनले अबको आम निर्वाचनमा पनि काँग्रेसलाई एक नम्बर पार्टी बनाउन सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरिन् ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट महिलाहरुले उल्लेख्य मात्रमा जित हात पारेको उदाहरण प्रस्तुुत गर्दै कांग्रेस प्रती जनताको आकर्षण बढेको उनको भनाई छ । कांग्रेस प्रतीको जनताको आकर्षणलाई कायम राख्न प्रतिनिधि सभाको निवार्चनमा पनि सबैले ईमानदातीताका साथ लाग्नुु पर्ने उनको भनाई छ ।