धनगढी, २७ साउन/नेपाली काँग्रेस कैलालीका युवा नेता लक्ष्मी देवकोटाले जन्मदिनको अबसरमा मन्दिरमा श्रीखण्ड चन्दनको बिरुवा रोपेर बनाएका छन् ।
धनगढी १८ डिपु बजार निवासी देवकोटाले ४३ औ जन्मदिन पारेर स्थानीय डिपु बजारको राधाकृष्ण मन्दिरमा श्रीखण्ड चन्दनको दुई बिरुवा रोपेर जन्मदिन मनाएका हुन् । धार्मीक बिश्वस र दुर्लभ मानिने श्रीखण्ड चन्दन रोपेर जन्मदिन मनाएको देवकोटाले बताए ।
अन्तर्राष्ट्रिय युवा दिवस समेत जन्मदिनकै दिन परेकोले समाजका लागि उत्सव मनाउनु भन्दा सामाजिक कार्य गरेर मनाउने सन्देश दिन पनि बृक्षारोपण गरेको उनले बताए ।