मसुरिया १८ साउन/कैलालीको गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयमा पियन नियुक्तीमा प्रधानाध्यपकले घुस लिएपछि बिवाद बढेपछि बिद्यालय व्यबस्थापन समितिको आकश्मिक बैठक बसेको छ ।
बिद्यालय व्यबस्थापन समिति अध्यक्ष शेरबहादुर चौधरीको अध्यक्षतामा बसरी रहेको बैठकमा समिति सदस्य, स्थानीय बुद्धीजिवी र प्रधानाध्यापक धनीदत्त भट्ट सहितको बैठक बसेको बताईएको छ । प्रधानाध्यापक धनीदत्त भट्टले पियन नियुक्तीमा ३० हजार घुस मागेको समाचार बाहिर आएपछि स्थानीय र अभिभावकले साउन १७ गते देखी विद्यालयमा तालाबन्दी गरेका थिए । बैठकमा अहिले घुस प्रकारणका बिषयमा छलफल भैरहेको बताईएको छ ।
विद्यालयमा कार्यालय सहयोगी राख्ने नाममा प्रधानाध्यापकले ३० हजार रुपैयाँ घुस लिएको समाचार सुदूरपत्र अनलाईनले समाचार प्रकाशन गरेपछि स्थानीय आन्दोलित भएका छन् । विद्यालय व्यवस्थापन समितिको गत जेठ २४ गतेको निर्णयअनुसार विद्यालयका आन्तरिक स्रोतबाट तलबभत्ता पाउने गरी जेठ २४ गतेकै दिन दरखास्त आह्वान गरिएको सूचनामा लिक्मा गाउँका कृष्ण चौधरीले आवेदन दिएका थिए । दरखास्त आह्वानमा कृष्णबाहेक अन्यको आवेदन परेको थिएन । घुस प्रकरण बाहिरिएसँगै अहिले जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिदत्त भट्ट विवादमा तानिएका छन् ।