काठमाडौँ, ८ साउन । पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ।
बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित ढिकबाट तल खसेर दुर्घटना भएको हो।
२३ जना सवार बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको रिब्दिकोट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले जानकारी दिइन्।
घाइते १७ जनालाई पाल्पास्थित तानसेन अस्पतालमा लगिएको अधिकारीले बताइन्।
