काठमाडौं,२ साउन । चुनावी गठबन्धनको विषयमा केन्द्रीय समितिको निर्णयमा के लेख्ने भन्नेबारेमा विवाद हुँदा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्न ढिलाइ भएको छ ।
सोमबार दिउँसो ३ बजेका लागि निर्धारित बैठक साढे चार बजेसम्म सुरु हुन सकेको छैन ।बैठक बस्नुअघि निर्णयको भाषाबारे छलफल गर्न बसेको शीर्ष नेताको बैठकमा चुनावी गठबन्धनबारे निर्णय पुस्तिकामा लेख्ने भाषाको विषयमा विवाद भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।